दफा १६५
सम्पत्ति जिम्मा दिन सक्ने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति आफू रहे बसेको इलाका छोडी अन्यत्र जानु परेको कारणबाट आफ्नो हक, स्वामित्व वा भोगको सम्पत्तिको संरक्षण तथा व्यवस्थापन आफैँले गर्न नसक्ने अवस्था परेमा त्यसको लागि कुनै व्यक्तिलाई माथवर नियुक्त गरी आफ्नो सम्पत्ति निजको जिम्मा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई सम्पत्ति जिम्मा दिइएकोमा त्यस्तो सम्पत्ति जिम्मा लिने व्यक्तिले त्यस्तो सम्पत्तिको संरक्षण तथा व्यवस्थापन गर्नु पर्नेछ र सम्पत्ति जिम्मा दिने व्यक्तिले मागेको बखत निजलाई त्यस्तो सम्पत्ति फिर्ता गर्नु पर्नेछ ।